आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • सिन्धुलीमा कोभिड अस्पताल संचालनमा : एक कराेड ३५ लाख बराबरकाे मेशिनरी उपकरणहरु हस्तान्तरण
समाचार

सिन्धुलीमा कोभिड अस्पताल संचालनमा : एक कराेड ३५ लाख बराबरकाे मेशिनरी उपकरणहरु हस्तान्तरण

मंसिर ०७,

रामेछाप । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ शिवनगरमा कोभिड अस्पताल उद्धघाटन गरिएको छ ।

आइतबार बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले कोभिड अस्पतालको उद्धाघटन गरेका हुन् ।

साथै उनले निर्माणाको अन्तिम चरणमा रहेको सिन्धुली अस्पताल (कोभिड १९ युनिट) तथा अस्पतालको निर्माण भईरहेको भवनहरुको अनुगमन/निरिक्षण गरेका छन् ।

उद्धघाटन कार्यक्रममा बोल्दै उनले प्रदेशका सबै जिल्लामा कोभिड अस्पताल संचालनमा ल्याईने बताए । कोरोनाबाट बाँच्न सबैले भुमिका खेल्नु पर्ने बताए । मन्त्री दुलालले स्वास्थ्य सेवालाइ जनताकाे पहुँचसम्म पुर्याउन प्रदेश सरकारले आफ्नाे क्षमताले भ्याएसम्म काम गरिरहेकाे बताए ।

त्यस्तै आइतबारै प्रयाेगशाला स्थापनाका लागि प्रदेश सरकारले एक कराेड ३५ लाख बराबरकाे मेशिनरी उपकरणहरु उपलब्ध गराएकाे छ ।  सिन्धुलीमा निर्माण गरिएकाे ५० वेडकाे आइसाेलेसन सेन्टरलाइ काेभिड अस्पतालकाे रुपमा विकास गरिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु