मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मन्त्री ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी शर्माद्वरा आगोलागीमा परी ज्यान गुमाएका बलक प्रती दुःख ब्यक्त
समाचार

मन्त्री ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी शर्माद्वरा आगोलागीमा परी ज्यान गुमाएका बलक प्रती दुःख ब्यक्त

मंसिर ०७,

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्थली नगरपालिका वडा नं ७ भटौलीमा आगोलागीमा परी ज्यान गुमाएका बालक प्रति दुःख व्यक्त गरेकी छन् ।

सामाजिक संचाल फेस्बुक मार्फत ५ वर्षीय बालकको विधुत सर्टभई आगोलागीमा परी निधन भएको प्रति आफू दुखित् भएको उल्लेख गरेकी छन् ।

आगोलागीमा परी शनिबार भटौलीका स्थानीय कृष्ण रम्तेलका ५ वर्षीय छोरा सुजन रम्तेलको मृत्यु भएको थियो ।

शर्माले बालक प्रती श्रद्धञ्जली अर्पण गर्दै परिवार प्रती समवेदना प्रकट् गरेकी छन् । आगोलागीबाट ७ लाख बराबरको क्षेति भएको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री कैलाश ढुङंगेलले पनि दुःख ब्यक्त गरेका छन् । सामाजिक मार्फत् ढुङ्गेलले बालक प्रती श्रद्धञ्जली अर्पण गर्दै परिवार प्रती समवेदना प्रकट् गरेका हुन् । उनले आगलागी परी बालक सुजन रम्तेलको निधन भएको घटनाले दुखी बनाएको  उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु