शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा २ जना चिकित्सक र एक विधुत प्राधिकरणका कर्मचारीमा कोरोना पुष्टि : जिल्लामा संक्रमितको संख्या ४२७
रामेछाप बिशेष

रामेछापमा २ जना चिकित्सक र एक विधुत प्राधिकरणका कर्मचारीमा कोरोना पुष्टि : जिल्लामा संक्रमितको संख्या ४२७

मंसिर ०६,

रामेछाप । रामेछाप जिल्लामा दुई जना चिकित्सक र एक जना विदुत् प्राधिकरणका कार्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार मन्थली नगरपालिकाका १९ जनाको स्वाब पठाईएकोमा दुई जना २८, २८ वर्षका चिकित्सक सहित एक ४५ वर्षका कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । २ जना चिकित्सक मन्थली प्राथामिक स्वास्थ्य केन्द्रमा कायररत छन् । उनीहरु सोही प्राथामिक स्वास्थ्य चौकीको आइसोलेसनमा बसेका छन् । भने  संक्रमित कर्मचारी होमआइसोलेसनमा बसेका छन् ।

हाल सम्ममा रामेछाप जिल्लाबाट पठाएको स्वाब पोजेटिभ हुनेको संख्या १ सय ९० जना पुगेको छ । त्यस्तै रामेछाप जिल्ला घर भई विभिन्न ठाउँमा बोसोबास् गर्दै आएका जिल्लाबासीमा कोरोना संक्रमित हुनेको संख्या २ सय ३७ जना पुगेको छ । जसमा ७३ जना महिला र १ सय ६४ जना पुरुष रहेका छन् । योसंगै जिल्लामा कूल संक्रमितको संख्या ४ सय २७ जना पुगेको छ । त्यस मध्येमा ४ सय १६ जना निको भएर घर फर्किएका छन् भने ११ जनाको  आइसोलेसनमा उपचार भैरहेको छ ।

हाल सम्ममा जिल्लामा कोरोना संक्रमणको जोखिम सुरु भएयता ४९० वेडको क्वारेन्टिन् तयार पारिएको छ ।

त्यस्तै १०८ बेडको आइसोलेसन वेड तयार पारिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मंसिर ६ गतेसम्ममा जिल्लामा २ हजार ३ सय ३४ जनाको स्वाब संकलन गरिएको जानकारी जिल्ला अस्पतालले दिएको छ । त्यस मध्येमा २ हजार २ सय ४४ जनाको स्वाब नेगेटिभ आएको छ ।

शनिबार मन्थली नगरपालिकामा ३७, ६५,१३ वर्षका महिला र ४५, १२, ५७, ५२, ३८, ३० वर्षका पुरुषहरु आईसोलेसनमा बसेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु