आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रामेछापमा बजार अनुगमन् : म्याद् गुज्रेका सामाग्री ठूलो परीमाणमा बरामत्
रामेछाप बिशेष

रामेछापमा बजार अनुगमन् : म्याद् गुज्रेका सामाग्री ठूलो परीमाणमा बरामत्

कात्तिक २६,

रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले २ दिने  बजार अनुगमन गरी म्याद गुज्रेका सामाग्री बरामद गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यलयल रामेछाप, नेपाल पत्रकार महासंघ, रामेछाप, घरेलु तथा साना उधोग कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय, रामेछाप मन्थली नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चको रोहबरमा खटिएको टोलीले मूल्यवृद्धि, कालोबाजारी गर्ने,मन्थली नगरपालिका वडा नं १ का खाद्यन्न/किराना, तरकारी, फेन्सी, हार्डवयर पसलहरुको अनुगमन गरी विभिन्न पसलबाट म्याद नाघेका,सामाग्रीहरु बरामद् गरेको छ ।

प्रशासनले गत कात्तिक २३ र २४ गते बजार अनुगमन गरेको थियो । सो क्रम्मा बिना दर्ता संचालित ५ वटा पसलहरुलाई ७ दिनभित्र घरेलु तथा साना उद्योग कार्यालय /मन्थली नगरपालिकामा दर्ता गर्न निर्देशन दिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरको स्वास्थ्य सुरक्षाका उपाय नआप्नाउने पसलहरुलाई सुरक्षामा ध्यान दिन सचेत गराईएको छ ।

त्यस्तै मूल्यवृद्धि, कालोबजारी जस्ता क्रियाकलाप नगर्न सचेत गराईएको छ ।

त्यस्तै खाध्यन्न लगायतका सामाग्रीहरु नियमितरुपमा आपूर्ति भईरहेका बेला बजारमा खाध्यन्नको अभाव भयो भनि त्रास नफैलाउन समेत आग्रह गराईएको छ ।

३३ वटा पसलहरुको अनुगमन गर्दा ११ वटा पसलहरुबाट म्याद नाघेको, बिना ईजाजत ब्रिक्रिका लागि राखिएको सामाग्री जफत गरेको हो ।

Image

ImageImage

फेसबुक प्रतिक्रियाहरु