कात्तिक २३,
काठमाडौं । भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत क्वात्राद्वले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको भारतीय राजदुताबासले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणसंग जुध्नको लागि भारतले विभिन्न समयमा आवश्यक विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।
२०७७ कार्तिक २३ गते भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत क्वात्राद्वारा नेपालका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान । महामारीले निम्त्याएको चुनौतीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरता pic.twitter.com/XL11qWVp81
— IndiaInNepal (@IndiaInNepal) November 8, 2020
फेसबुक प्रतिक्रियाहरु