सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कांग्रेसद्वरा पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनमा शोक ब्यक्त
समाचार

कांग्रेसद्वरा पूर्व महाधिवेशन प्रतिनिधि श्रेष्ठको निधनमा शोक ब्यक्त

कात्तिक २३,

काठमाडौं । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी एवं मोरङका पूर्व महाधिवेशन प्रतिनिधि खड्गबहादुर श्रेष्ठको निधनमा शोक ब्यक्त गरेको छ ।

श्रेष्ठको आइतबार बिहान ९३ वर्षको उमेरमा कात्र्तिक १४ गते मोरङको मिक्लाजुङ्ग गाउँपालिका स्थित आफ्नै निवासमा निधन भएको थियो । कांग्रेसले स्वर्गीय श्रेष्ठले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरेको छ ।
उनको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरेको छ ।

साथै उनको आत्माको चिर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनमा पनि नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु