सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • पार्टीको आन्तरिक विवादमा राष्ट्रपतीको सक्रियता हुनु राष्ट्रपती पदको मर्यादाविपरीत छ-भिम रावल
समाचार

पार्टीको आन्तरिक विवादमा राष्ट्रपतीको सक्रियता हुनु राष्ट्रपती पदको मर्यादाविपरीत छ-भिम रावल

कात्तिक २१,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावालले आन्तरिक विवादमा राष्टपतीको सक्रियता हुनु राष्ट्रपती पदको मर्यादा विपरित भएको बताएका छन् ।

शुक्रबार निहान ट्वीट् गर्दै रावलले यस्तो उल्लेख गरेका हुन् । ओलीले पार्टीको निर्णय नमानेको,एकलौटी ढंगले पार्टी चलाउन खोजेको, कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट लगाएतका आरोप लएगाएपछि पार्टी फूट्को संघारमा पुगेको बेला राष्ट्रपती विधादेवी भण्डारीले नेकपाका नेता एवं गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेटेकि थिइन् ।

राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय भएको समाचार आइरहेको प्रती उनले गलछ भनेका छन् । उनले लेखेका छन्- यदि  यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।

फेसबुक प्रतिक्रियाहरु