कात्तिक १९,
ओखलढुंगा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-३ सार्की गाउँकि ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सुशिल सार्की रहेका छन् । उनलाई गत सोमबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित लिब्जु न्यूस्टार युवा क्लवको भवन आँगनमा जबरजस्ती करणी गरेका थिए ।
त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१८ घर भएका २२ वर्षीय टेक नारायण चौधरी लगायत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिकालाई धरान उपमहानगरपालिका-१० पुतली लाईन रमाईलो चोकस्थित निर्माणाधिन भवनमा जबरजस्ती करणी गरेका थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
दुबै घटनाका बारेका प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु