बुधबार, चैत्र ६, २०८१
  • होमपेज
  • सुनापतिमा नेपाल टेलिकमको ल्यान्लाईन फोन र इन्टरनेट सेवा
रामेछाप बिशेष

सुनापतिमा नेपाल टेलिकमको ल्यान्लाईन फोन र इन्टरनेट सेवा

कात्ति १८,

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले नेपाल टेलिकमको इन्टरनेट तथा ल्यान् लाईन टेलिफोनको लागि सम्झौता गरेको छ । त्यसको लागि गाउँपालिकाको वडा -४ बेथानको वडा कार्यालयको एक कोठा १० वर्षको लागि आवश्यक पर्ने प्राविधिक सामाग्री जडानको तथा संचालनको लागि निशुल्क उपलब्ध गराएको नेपाल टेलिकम जिल्ला शाखा रामेछापका प्रमुख विष्णु भण्डारीले जुनेली न्युजलाई जानकारी दिए ।

उनले भने- हामीसंग गाउँपालिकाले इन्टरनेट तथा ल्यानलाईन टेलिफोनको प्रयोगको लागि आवश्यक पर्ने काम अघि बढाउनको लागि एक कोठा १० वर्षको लागि सम्झौता गरिसकेको छ । र आवश्कय सामाग्री हामी व्यवस्था गर्दै छौं केही महिना भित्रै त्याहाँ टेलिफोन र इन्टरनेट सेवा सुचारू हुनेछ ।

त्यहाँ पहिलो चरणमा १०० सय घर परिवारमा सेवा प्रदान गरिने छ ।

घरभाडासम्झौत हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु