सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रामेछापमा आगलागी हुँदा ३ घर जलेर नष्ट, १ जना घाइते
रामेछाप बिशेष

रामेछापमा आगलागी हुँदा ३ घर जलेर नष्ट, १ जना घाइते

कात्तिक १७,

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुको भोर्लेमा सोमबार दिउँसो आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । आगलागिमा परि १ जना वालक गंभिर घाइते भएका छन् ।

विद्युत सट भएर स्थानीय जुना बुढाथोकिको घरबाट शुरु भएको आगलागीबाट संगैका अरु २ घर पनि जलेर नष्ट भएका हुन् । आगलागीका कारण घर भित्र रहेका ४ बर्षका बालक श्रवण बुढाथोकी गंभिर घाइते भएका छन् । घाइते बालकलाई मन्थली स्थित ताामाकोसी अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारका लागि आजै काठमाडौं पठाइएको छ । आगलागी भए लगत्तै खिम्ति प्रहरी चौकिबाट प्रहरी पुगेर उद्धार गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्  ।
पीडितहरुलाई सोमबारै प्रमुख जिल्ला अधिकारी शर्मासहितको टोलीले पीडितहरुको घरमै पुगेर राहत वितरण गरेको छन्। पिडित परिवारलाई घट्ना घटेको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार आफुहरु घट्ना स्थलमा नै पुगेर तत्काल राहत वितरण गरेको प्रजिअ शर्माले बताइन् ।

फोटोहेर्नुहोस्

No description available.No description available.No description available.

फोटो : लक्षुमण घिमिरे जिल्ला प्रशासन कार्यलय, रामेछाप

फेसबुक प्रतिक्रियाहरु