सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • २४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
समाचार

२४ घण्टामा २८२४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

कात्तिक १६

नेपालमा पछिल्लो २४ घण्टामा २८२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३०२३ जनाको पीसीआर परीक्षण गरिएको बताए ।

काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या १३४८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ९६० पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु