सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पत्रकारको निःशुल्क पिसिआर परीक्षण र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न पत्रकार महासंघको माग
समाचार

पत्रकारको निःशुल्क पिसिआर परीक्षण र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न पत्रकार महासंघको माग

कात्तिक १६,

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका बीच अग्रपक्तिमा रहेर सूचना प्रवाहमा काम गरिरहेका पत्रकारहरुको पिसिआर परीक्षण र कोरोना संक्रमित पत्रकारहरुको उपचार निःशुल्क व्यवस्था गर्न माग गरेको छ ।

महासंघले विज्ञप्ती निकालेर कठिन समयमा पेशाप्रति निष्ठावान भई कार्यरत पत्रकारहरुको पिसिआर र संक्रमित पत्रकारहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

महासंघले पछिल्लो समय चार सय भन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको र चार जना पत्रकारको संक्रमणकै कारण निधन भएको जनाएको छ ।

यस्तो विषम परिस्थितिमा खटिएका पत्रकारको उपचारको व्यवस्था गर्नु पर्ने माग महासंघले विज्ञप्ती मार्फत गरेको हो ।

विज्ञप्तीमा भनिएको छ– ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचारका भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने संचारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछौं ।’

 

फेसबुक प्रतिक्रियाहरु