बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दै
समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी शुक्रबार बस्दै

कात्तिक १३,

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्र्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने भएको बताइएको छ । त्यस्तै बैठकमा महाधिवेशन कार्यतालिका पुनः संशोधन गर्ने मुख्य एजेन्डा रहेको बुझिएको छ ।

यस्तै, भातृसंस्थाहरुको थपिएको म्याद अनुमोदन, केही शुभेच्छुक संस्थाहरुको विधान पारित गर्नुपर्ने, संसदको अधिवेशन बोलाउने विषयमा दबाब दिने निर्णयका साथै सरकारविरुद्धको आन्दोलनको तयारीलगायत विषयमा छलफल हुने पार्टी सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु