शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज
समाचार

उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु, ३०३८ डिस्चार्ज

कार्तिक १३,

काठमाडौं । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु