शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एक महिनामा १७ हजार सवारी कारबाहीमा : १६ लाख ५४ हजार राजस्व संकलन
रामेछाप बिशेष

एक महिनामा १७ हजार सवारी कारबाहीमा : १६ लाख ५४ हजार राजस्व संकलन

कात्तिक ०२,

रामेछाप । रामेछाप जिल्लामा गत १ महिना भित्र १७ हजार सवारी साधनलाई कारबाही गरेकाे छ । नेपाल सरकारले असाेज २ गतेबाट सार्वजनिक यातायात संचालनकाे अनुमति दिएयता मापदण्ड विपरीत संचालन गरिएका १७ हजार सवारीसाधनलाई कारबाही गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

नेपाल सरकारले गत असाेज २ गतेबाट सार्वजनिक यातायात संचालनकाे अनुमानि दिएकाे थियाे । काेराेना महामारीका बिच लकडाउनलाइ खुकुलाे पार्दै सरकारले असाेज २ गते देखि सार्वजनिक यातायात संचालनमा ल्याएकाे थियाे । काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाे हुदा सरकारले स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाएर मात्र यातायात संचालनमा ल्याउने अनुमति दिएकाे थियाे ।

त्यसै अनुसार ताेकिएकाे स्वास्थ सुरक्षा मापदण्ड विपरीत संचालन भएका १७ हजार सवारी साधनलाई कारबाही गर्दा १६ लाख ५४ हजार राजस्व संकलन भएकाे जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताए ।

यसै गरि चाडपर्व समय सुरुकाे भएकाे हुदा सवारी साधन चेकजाँचमा थप कडाइ गरिने समेत डिएसपी पाठकले बताए । चाडपर्वकाे बेला यात्रुलाई ठग्ने , बडी भाडा लिने, नियम मिचेर मापदण्ड विपरित सवारी चलाउनेलाइ कारबाही गरिने पाठकले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु