कात्तिक ०२
काठमाडौं । संसद जनार्दन शर्माले पनि भत्ता नलिने बताएका छन् । उनले आइतबार टुवीट् गर्दै अहिले कोरोनाको महामारी सबैको मुख्य समस्या भएको भन्दै भत्ता नलिने उल्लेख गरेका हुन् ।
यो समयमा दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किन्न उनले जोड्दिएका छन् । यस अघि नेता भिम रावल र नेकपाका प्रवाक्ता नारायणकाजी श्रेष्ठले भत्ता नलिने बताइ सकेका छन् । यो समयमा संसदहरुलाई भत्ता दिने भनेर चौतर्फि विरोध भैरहेको छ ।
विरोध भैरहेको अवस्थामा संसद शर्माले दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु सहयोग गरेका छन् ।
कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनाैं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।।
— Janardan Sharma (@JSPrabhakar) October 18, 2020
फेसबुक प्रतिक्रियाहरु