असोज २७,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले अत्यावश्य बाहेक सबै सेवा बन्द गरेको छ । भोली बुधबारदेखि लागू हुने गरी कात्तिक २ गतेसम्मको लागि नगरपालिका पूर्ण रुपमा बन्द हुने जनाकारी नगर प्रमुख रमेश कुमार बस्नेतले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
मंगलबार एकदिन नगरपालिका भित्रका २० जनामा कोरोनादेखिदा नगरका कर्मचारीलाई संक्रमण देखिदा सेवा बन्द गरेको नगरले सूचना जारी गरि जनाएको छ ।
साथै नगरभित्रका सबै वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द गरेको नगरले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु