असोज २७,
रामेछाप । रामेछाप जिल्लामा २६ र ३४ महिनाको बालिका सहित ८ जनामा कोरोना पुष्टि भएको छ ।
लिल्ला अस्पताल रामेछापले सोमबार प्रेस विज्ञप्तिमार्फत सो जानकारी दिएको हो । संक्रमित हुनेमा रामेछाप नगरपालिका वडा नं–६ का २६ र ३४ महिनाको बालिका रहेका छन् ।
त्यस्तै गरी २५ ,२५ र ३० वर्षीय जिल्ला अस्पतलका स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।
त्यसैगरी वडा नं. ८ का १३ र ३९ वर्षीय रहेका छन् । उनिहरुमा १३ वर्षीय रामेछाप जिल्ला अस्पतालमा रहेको छ भने अरु होमआइसोलेसनमा रहेका छन् ।
योसंगै मंगलबारसम्ममा जिल्लामा कूल संक्रमितको संख्या २२५ पुगेको छ । जसमा जिल्ला अस्पतालबाट पठाएको सोमबारसम्ममा १११ जना र जिल्लाबाहिर रहेका ११४ जनामा संक्रमण देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु