सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा १४१६ सहित २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
समाचार

काठमाडौं उपत्यकामा १४१६ सहित २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

असोज २५,

काठमाडौं ।छिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८४ जना छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७१, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १७ जना पुरुष र ५ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु