शुक्रबार, बैशाख १४, २०८१
आर्थिक

सुनचाँदीको भाउ बढ्यो

असोज २५,
काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा ९ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु