आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु : संख्या ६१४
समाचार

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु : संख्या ६१४

असोज २४,

काठमाडौं । नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

२४ घन्टामा कोरोना संक्रमणका कारण दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षीया महिला तथा ४८ र ९० वर्षीय पुरुष गरी तीनजना, ललितपुरका ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष, सुनसरीका ४५ वर्षीय पुरुष, मोरङका २० र ७२ वर्षीय पुरुष, सर्लाहीका ७१ वर्षीय पुरुष, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङकी ३१ वर्षीया महिला, नवलपरासीपूर्वका ३६ वर्षीय पुरुष र रुपन्देहीका ५७ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु