असोज २३,
रामेछाप । कोरोना संक्रमणबाट थप एक जना रामेछापेलीको मृत्यु भएको छ । शुक्रबार रामेछापको बेताली घर भएका ६७ वर्षीय पुरुषको मृत्यु भएको मृतकका भातिज प्रज्ञाण खड्काले जुनेली न्युजलाई जानकारी दिए । उनको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको छ ।
शुक्रबारै उनको दहासंस्कार गरिएको उनले बताए । उनलाई एकसाता अघि कोरोना पुष्टि भएको थियो । उनी काठमाडौंस्थित सैनिक अस्पताल छाउनीमा आइसियूमा उपचाररत रहेका थिए । उनी भूपूआर्मी हुन् । उनलाई प्रेसर बाहेक दिर्घ रोग नरहेको खड्काले बताए । उनीलाई बजारमा तरकारी किन्न निस्किदा कोरोना संक्रमण भएको परिवारको दाबी छ ।
मृतककी श्रीमती र छोरालाई पनि संक्रमण भएको छ । उनीहरु होमआइसोलेसनमा रहेका छन । उनी काठमाडौं-रामेछाप सम्पर्क समाजको सदस्य पनि छन् ।
फेसबुक प्रतिक्रियाहरु