असोज २२,
रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार स्थित बाम्ति स्वास्थ्य चौकी १० शैयाको बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार एक सूचना मार्फत बाम्तिअस्पताललाई १० शैयाको अस्पताल बनाउन स्वकृत गरेको हो ।
गत साउन २८ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट स्तरउन्नती गरि अस्पताललाई ५/१०/१५ शैयाको बनाउने निर्णय गरे अनुसार सो स्वास्थ्य चौकी १० शैयाको बन्नको लागि सिफारीस भएको थियो । सोही निर्णय अनुसार निर्माणको लागि ८५ लाख रुपैयाँ उपल्बध गरिने मन्त्रालयले जनाएको छ ।
हाल पालिकाको २ नंम्बरमा रहेको अस्पतालबाट ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लासहित उमाकुण्ड गाउँपालिकाको वडा नं १,२,३,४,५,६,७ का स्थानीयहरुले सेवा लिदै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु