बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापमा नेपाली कांग्रेसको पार्टी कार्यालय भवन निर्माण तिवृ : सहयोग गर्न सभापतिको आह्वन
रामेछाप बिशेष

रामेछापमा नेपाली कांग्रेसको पार्टी कार्यालय भवन निर्माण तिवृ : सहयोग गर्न सभापतिको आह्वन

असोज २०,

रामेछाप । नेपाली कांग्रेस रामेछापको पार्टी कार्यालय निर्माणको काम तिवृ रुपमा सुरु भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ भैशेस्वारमा पार्टी कार्यालय निर्माणको काम अघि बढेको हो । २०६८ सालमा तत्कालिन केन्द्रीय सभापति शुशिल कोइरालले सो भवको शिलन्यास गरेका थिए । शिलन्यान गरेको करिब १० वर्षपछि भवन निर्माणको कामले गति लिएको हो ।

२०५४ सालमा तत्कालिन जिल्ला पार्टी सभापति लक्ष्मण प्रसाद घिमिरेले ब्यक्तिगत लगानीमा जग्गा किनेर पार्टी कार्यालय निर्माणको लागि तीन रोपनी जग्गा प्रदान गरेका थिए । सोही जग्गामा पार्टी कार्यालय बनाउन र पार्टी कार्यालय आवश्यकता महसूस् गर्दै दुई तले पक्की भवन निर्माणको काम द्रुत गतिमा अघि बढेको हो । हालको परिस्थितीमा पार्टीसंग भवन बनाउनको लागि प्रयाप्त बजेट र स्रोत साधन नभएपनि दातहरुसंग सहयोग संकलन गरेरै भएपनि भवन निर्माणको काम अघिबढाएको जिल्ला पार्टी सभापति लवश्री न्यौपानीले जानकारी दिए । उनले जुनेली न्युजसंग भने- हामीसंग अहिले पनि त्यति धेरै बजेट त छैन ,तरपनि हामी आफू-आफूसंग भएको रकम संकलन, चन्दा संकलन, विभिन्न संघसंस्थाहरु दाताहरुसंग सहयोग संकलन, पार्टीका कार्यकर्ताहरु, भातृसंस्थाहरुसंग सहयोग रकम संकलन गरेर हामी भवन निर्माण गर्ने पक्षमा छौं । उनका अनुसार योदशैतिहार ले केही प्रभावित् भएपनि लगत्तै निर्माणको काम द्रूत गतिमा अघिबढाइने छ ।

भवन निर्माणको काम तिवृ गतिमा संचालन भैरहेको बताउदै आउदो चैत्र महिनामा निर्माणको काम सम्पन्न हुने सचिव विष्णु बस्नेतले जानकारी दिए । तीन रोपनी क्षेत्रफलमा निर्माण हुने साँढे दुई तलाको भवनमा पाँच सय जनाभन्दा भढी अट्ने सभाहल सहितको सुविधा सम्पन्नको भवन हुनेछ । पहिलो तलमा सभाहल र पार्टी सभापतिको कक्ष रहेने छ । भने दोस्रो तलामा स्टोर कोठासहितको तीन कोठा हुने छ । सुविधा सम्पन्न हुने भवनको नाम बिपी स्मृति भवन राखिएको उनले बताए ।

अहिले रकम संकलन गरिने काम सुरुभएको बताउदै दातृनिकायहरुलाई सहयोगको लागि सभापति न्यौपानीले आह्वन समेत गरेका छन ।

१ करोड ५० लाख लागत अनुमान गरिएको सो भनव बने जिल्लामा नेपाली कांग्रेसले गर्ने विभिन्न पक्षमा सहयोग पुग्ने कोषाअध्यक्ष कुमार श्रेष्ठले बताए । विगत्मै निर्माण हुने सो भवन विविध पक्षको अबरोधले निर्माणमा बाधा पुगेपनि अब जुन्सुकै हालतमा निर्माण भएरै छाड्ने श्रेष्ठले जिकिर गरे ।

फोटोहेर्नुहोस्

 

फेसबुक प्रतिक्रियाहरु