शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापको ओख्रेनीमा नेकपा परित्याग गरि दर्जन भन्दा बढी कांग्रेसमा प्रवेश
रामेछाप बिशेष

रामेछापको ओख्रेनीमा नेकपा परित्याग गरि दर्जन भन्दा बढी कांग्रेसमा प्रवेश

असोज १७,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सद्स्यहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार रामेछाप नगरपालिकाको वडा ६ साविकको ओख्रेनी ८/९ गाइटार कटुन्जे टोलकका नेकपाका नेताहरु कांग्रेसमा दर्जन भन्दा बढी प्रवेश गरेको जिल्ला कार्यसमिति सदस्य लाल बहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार नेकपा परित्याग गरिआएकाहरु सहितलाई समेटेर सोही ठाउँमा टिकाराम लामाको सभापतितोमा १३ जनाको टोल कार्यसमिति पनि गठन गरिएको छ । नेकपा पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका उत्तम लामा, सन्तोष लामा, हेम बिक, गुनराज बिक र रामहरी बिक लगायत अन्यहरुलाई प्रवेश गराइएको उनले बताए ।

नेकपाको सरकारले जनतालाई दुख मात्रै दिएको र विकास निर्माणको काम गर्न नसकेकोले कांग्रेसमा आएको पार्टी प्रवेश गरेकाहरुले बताए ।

फेसबुक प्रतिक्रियाहरु