शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा परी रामेछापका २० वर्षीय श्रेष्ठसहित २ को मृत्यु : तीन जना घाइते
दुर्घटना/अपराध

मोटरसाइकल दुर्घटनामा परी रामेछापका २० वर्षीय श्रेष्ठसहित २ को मृत्यु : तीन जना घाइते

असोज ०७,

रामेछाप । भक्तपुरको सूर्यविनायक नगरपालिका-५  घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा एक जनको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका २० वर्षका अनिश श्रेष्ठ रहेका छन् ।

उनको मंगलबार (हिजो) बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते भएका इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराजको डाक्टर इबामुरा अस्पतालमा उपचार भैरहेको छ ।

त्यस्तै काठमाण्डौमा गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ । दुर्घटनापछि फरार भएका चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ ।फाइल फोटो

 

फेसबुक प्रतिक्रियाहरु