शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु
समाचार

२४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु

असोज ३
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण मोरङका ६५ वर्षीय महिला, रौतहटका ५१ वर्षीया महिला, सर्लाहीका ५६ वर्षीया महिला, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ पुरुषको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु