शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विश्वभरी सङ्क्रमित मध्ये २ करोड २३ लाख सङ्क्रमणमुक्त : मृत्युको संख्या ९ लाख ५६ हजार ८७६ पुग्यो
समाचार

विश्वभरी सङ्क्रमित मध्ये २ करोड २३ लाख सङ्क्रमणमुक्त : मृत्युको संख्या ९ लाख ५६ हजार ८७६ पुग्यो

असोज ०३

काठमाडौं । कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउसोसम्ममा विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुल सङ्क्रमित मध्ये दुई करोड २३ लाख ५३ हजार ३०६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । त्यस बाहेक विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

विश्वभरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका मध्ये ७३ लाख ४७ हजार ११४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार ४१७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरुको अनुपात कुल सक्रिय सङ्क्रमितहरु मध्येको एक प्रतिशत मात्रै हो ।

देश अनुसार हेर्दा विश्वभरी सवैभन्दा धेरै सङ्क्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार ९५१ जना सङ्क्रमित भएका छन् । ती मध्ये दुई लाख तीन हजार १७१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमितहरु रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना सङ्क्रमित भएका छन् भने ८५ हजार ६२५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४४ लाख ९७ हजार ४३४ जना सङ्क्रमित हुँदा एक लाख ३५ हजार ८५७ जनाको मृत्यु भएको छ ।

चौथोमा रहेको रुसमा दश लाख ९७ हजार २५१ जना सङ्क्रमित र १९ हजार ३३९ जनाको मृत्यु भएको तथ्याङ्का छ । पेरुमा अहिलेसम्म सात लाख ५६ हजार ४१२ जना सङ्क्रमित हुँदा ३१ हजार २८३ जनाको मृत्यु भएको छ । यो कोरनोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा पाँचौ धेरै सङ्क्रमितहरुको भएको मुलुकमा पर्दछ ।

त्यसैगरी सङ्क्रमितहरुको सङ्ख्याकै आधारमा कोलाम्बीया छैठौँ, मेक्सिको सातौँ, स्पेन आठौँ, दक्षिण अफ्रिका नवौँ र अर्जेन्टीना दशौँमा पर्दछ ।file Photo

फेसबुक प्रतिक्रियाहरु