शनिबार, साउन १२, २०८१
  • होमपेज
  • संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले विशेष सम्बाेधन गर्नुहुने
समाचार

संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले विशेष सम्बाेधन गर्नुहुने

असोज ३
काठमाण्डाै । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएको हुन् ।

प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नेे कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले देश/विदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु