शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछाप जिल्लामा हालसम्ममा भुकम्पबाट क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनको भनाई
रामेछाप बिशेष

रामेछाप जिल्लामा हालसम्ममा भुकम्पबाट क्षति भएको जानकारी नआएको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनको भनाई

भदौ ३१,

काठमाडौं । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरस संक्रमणको महामारीमा अर्को बिपत्ति आएको भन्दै जिल्ला वासिहरुलाई सुरक्षित रुपमा रहन आग्रह हरेकी छन् ।  (बुधबार) बिहान  ५:१९ मिनेटमा ६ रेक्टर स्किलकाे भुकम्प गए लगत्तै जुनली न्यूजसंग संक्षिप्त कुरा गर्दै उनले सबै जिल्ला बासिहरुलाई सचेत गराएकी हुन् । ६ : ३० बजेसम्ममा उनलाई जिल्लामा कुनै दुर्घटना भएको खबर नआएको बताउदै भुकम्पको झड्काले आफूसहित सबैलाई त्रसित् बनाएको बताउदै सबैलाई सचेत भएर बस्न आग्रह गरिन् ।

बुधबार एकाबिहानै सिन्धुपाल्चोक राम्चेलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का रामेछाप, सिन्धुली, दोलखा, ओखलढुङ्गालगाएतका जिल्लामा महसुस् भएको थियो  । मानिसहरु भुकम्प गएको थाहा पाएर बाहिर निस्किएका थिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायक उपरिक्षक (डिएसपी) बसन्त पाठकले पनि आफूहरुलाई हालसम्ममा कुनै दुर्घटनाको खबर नआएको उल्लेख गरे । बसै गाउँपालिका प्रमुख र सम्बन्धित् निकायसंग कुरा गरेको बताउदै हालसम्ममा सुरक्षित भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु