शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रहरी हिरासतमै हत्या हिँसा भएको भन्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन
समाचार

प्रहरी हिरासतमै हत्या हिँसा भएको भन्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन

भद्र ३०, काठमाडौँ |

प्रहरी हिरासतमा हत्या गरिएका शम्भु सदा, विजय राम, रोशन विश्वकर्मा लगायत देशभर दलित समुदायमाथि भइरहेको हत्या, हिंसा, बलात्कार तथा जातीय विभेदका विरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समिति र नागरिक समाजले  धर्ना तथा विरोध प्रदर्शन कार्यक्रम गरेका छन् |

प्रहरी हिरासतको क्रममा गरुडा नगरपालिका वडा नं. ८ बस्ने विजय राम (महरा) को उपचारको क्रममा मृत्यू भएपछि सो घटनामा सँलग्न रहेको प्रहरीलाई निलम्बनको लागि प्रदेश नं. २ को मुख्यन्यायधिवक्ताको कार्यालयबाट सिफारिस गरिएको थियो ।

No description available.

आज बेलुका ४ बजे माइतीघर मण्डलामा सबै राजनीति पार्टीका दलित नेताहरुको उपस्थितिमा सरकारलाई दबाब दिदै बिरोध गरेका हुन् | नेपालि काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित संघका केन्द्रीय  अध्यक्ष माननीय मीन बिश्वोकर्माको प्रमुख नेतृत्वमा सो कार्यक्रम गरिएको हो | हत्या हिंशा बन्द गर, मानवअधिकारको रक्षा गर, हिरासतमा हुने चरम याताना बन्द गर जस्ता नाराहरु लगाइएको थियो | देशमा दलित माथि बारम्बार  यस्ता हत्या हिंसाका घटनाहरु हुदा पनि सरकार कानमा तेल हालेर बसेको मीन बिश्वोकर्मको आरोप छ | कार्यक्रममा लगभग २०० मानिसको उपस्थिति रहेको थियो |

No description available.
गत भदौ ११ गते उपचारको क्रममा नेश्नल मेडिकल कलेजमा मृत्यू भएका विजय रामको शरिरमा चोट र घाउ देखिएको भन्दै प्रहरीले यातना दिएपछि उनको मृत्यू भएको भन्दै सँलग्न प्रहरीलाई निलम्बन गर्न गत भदौ १४ गते नै सिफारिस गरिएको थियो ।

मृतक रामको शव परीक्षणमा संलग्न चिकित्सकहरुको प्रारम्भिक भनाई अनुसार मृतकको हात तथा पिठ्युँमा चोटको निशान देखिएको छ । सो घटनामा दोषी देखिएका प्रहरी कर्मचारी उपर प्रारम्भिक प्रतिवेदनको आधारमा तत्काल निलम्बन गरी, विश्वसनीय छानबिन प्रकृयालाई अगाडि बढाइ कानुन बमोजिमको कारवाही गर्न सिफारिस गरिएको थियो ।

No description available.

मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले कानुन बमोजिमको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ४ को उपदफा १ को देहाय (च) वमोजिम सिफारिश गरिएको थियो ।

No description available.

सो सन्दर्भमा भने प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन सन्दर्भमा कारवाही भएको बारेमा जानकारी प्राप्त भएको तथा यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहटसँग सम्पर्क गर्न सुझाएका छन् । यद्यपी, रौतहट प्रहरीले भने केही दिनदेखि सँचारकर्मीहरुसँग कुराकानी गर्न छाडेका छन् ।

No description available.

गोप्य स्रोतका अनुसार, सो घटनामा सँलग्न रहेको प्रहरी ईन्स्पेक्टर नबिन सिह, प्रहरी हबल्दार मुन्ना सिह र प्रहरी हबल्दार फिरोज आलमलाई निलम्बन गरिएको हो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु