शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • २४ घण्टामा ११ जनाको मृत्यु कोरोनाका कारण मृत्यु : १४५९ संक्रमित थपिए
समाचार

२४ घण्टामा ११ जनाको मृत्यु कोरोनाका कारण मृत्यु : १४५९ संक्रमित थपिए

भाद्र ३०,

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १४५९ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । २४ घण्टामा १० हजार ६२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ४०६३८ रहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना भाइरस संक्रमित भएका छन् । काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुरुष ७ र महिला ४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु