शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी
समाचार

परराष्ट्र मन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी

भदौ ३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ता तोकेका हुन्।

अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको उनको निजी सचिवालयले जनाएको छ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै सरकारको प्रवक्ता कसैलाई पनि तोकिएको थिएन।

फेसबुक प्रतिक्रियाहरु