भदौ ३०,
रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले जुनेली न्युजलाई जानकारी दिए ।
उनका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयकले दिएका जानकारी एक जना रामेछापका युवाकको मृत्यु भएको र मृतकको पहिचान गर्ने क्रममा लिखुतामाकोशी गाउँपालिकाका युवक भएको पुष्टि भएको उनले बताए ।
उनलाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाली सेनामा कार्यरत रहेका यवक क्यान्सर रोगबाट पीडित रहेका थिए । उनको छाउनी अस्पतालमा ज्यान गएको थापाले बताए । उनको शव हालसम्ममा छाउनी अस्पतालमा राखिएको छ । फाइल फोटो
फेसबुक प्रतिक्रियाहरु