शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा थप ५ जना प्रहरीमा कोरोना पुष्टि : १८ जना उपचार गराउदै
रामेछाप बिशेष

रामेछापमा थप ५ जना प्रहरीमा कोरोना पुष्टि : १८ जना उपचार गराउदै

भदौ २७,

रामेछाप । रामेछाप जिल्लामा शनिबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यारत ५ जना र एक महिलामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

संक्रमित हुनेमा मन्थली नगरपालिकाकी ८६ वर्षीय छन्। भने बाँकि २७, ४७, ३८, ३४, र २७ वर्षका पुरुषहरु हुन् । उनीहरुको गत २३ गते स्वाब संकलन गरि पठाईएको थियो ।

योसंगै जिल्लामा कार्यरत प्रहरीमा संक्रमित हुनेको संख्या १३ जना पुगेको छ  । हालसम्ममा काठमाडौं लगाएतका ठाउँमा स्वाब संकलन गरि रिपोर्ट पोजेटिभ हुने जिल्ला बासीको संख्या १२ जना महिला र ४५ जना पुरुषगरि कूल ५७ जना पुगेको छ ।

त्यस्तै जिल्लाबाट पठाएको ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  योसंगै जिल्लामा कूल संक्रमितको संख्या १ सय १२ जना पुगेको छ ।

आजसम्ममा १८ जना जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् । २  जना प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार गराइ रहेका छन् ।

४ जना होमआइसोलेसनमा बसेका छन् । त्यस्तै २ जना संक्रमितहरु हिरासत्मा रहेका छन् ।

त्यस्तै १ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  १ हजार ३ सय २९ जनाको स्वाब संकलन गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु