शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आज देशभर मेघ गर्जन र चट्याङसहित पानी पर्ने
समाचार

आज देशभर मेघ गर्जन र चट्याङसहित पानी पर्ने

भदौ २४,

काठमाडौं । देशभर अहिले मौसम बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्युन चापिय रेखा औसत भन्दा केहि माथि उठेका कारण त्यसको असर नेपालमा पनि देखिएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

आज दिनभर नै देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्नेछ। मौसमविद् नगरकोटीका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशमा तुलनात्मक रुपमा असर कम देखिनेछ। प्रदेश नम्बर एक, दुई, बागमती , गण्डकी र पाँच नम्बर प्रदेशका केहि स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

गए रातीदेखि थप सकृय बनेको मौसम अबको तीन दिनसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ। गएराति काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा मेघ गर्जन सहित हल्का देखि मध्यम खालको पानी परेको थियो। उपत्यकामा ३ दशमलव २ मिलीमिटर वर्षा मापन भएको थियो।

बिहानैदेखि बदली भएर हल्का पानी परेको उपत्यकाको मौसम बेलुकीसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ। यसैबीच आज विशेषगरी नारायणी नदी र यसका सहायक नदीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तिनाउ र यसका केहि सहायक नदीमा पनी पानीको बहाव बढ्ने छ।

फेसबुक प्रतिक्रियाहरु