बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बागमती प्रदेशको स्थानीय तह र स्वास्थ्य संस्थालाईं १८ करोड २६ लाख : रामेछाप अस्पताललाई ९५ लाख, जिल्लाका आयुर्वेद अस्पताललाई ५÷५ लाख,
रामेछाप बिशेष

बागमती प्रदेशको स्थानीय तह र स्वास्थ्य संस्थालाईं १८ करोड २६ लाख : रामेछाप अस्पताललाई ९५ लाख, जिल्लाका आयुर्वेद अस्पताललाई ५÷५ लाख,

भदौ २४,

हेटौंडा । कोरोना भाइरस संक्रमण रोकथामका लागि बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार प्रदेशको बागमती विपद व्यवस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

यी हुन रकम पाउने स्थानीय तह र स्वास्थ्य संस्था कोषबाट

काठमाडौका कीर्तिपुर नगरपालिकालाई १० लाख, शंखरापुर नगरपालिकालाई २० लाख, बुढानीलकण्ठ नगरपालिकालाई २० लाख, तारकेश्वर नगरपालिकालाई १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख, चन्द्रागिरी नगरपालिकालाई १० लाख र टोखा नगरपालिकालाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यस्तै, मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख, काभे्रको धुलिखेल नगरपालिकालाई एक करोड, नमोबुद्ध नगरपालिकालाई १५ लाख, चितवनको भरतपुर महानगरपालिकालाई एक करोड, रत्ननगर नगरपालिकालाई ५० लाख, दोलखाको भिमेश्वर नगरपालिकालाई एक करोड, धादिङ अस्पताललाई ७५ लाख, हेटौंडा अस्पताललाई ५० लाख, चौतारा अस्पताललाई २२ लाख, भक्तपुर अस्पताललाई ५० लाख दिने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए। यसैगरी ललितपुरको आनन्द वन अस्पताललाई १५ लाख, सिन्धुली अस्पताललाई ३० लाख, त्रिशुली अस्पताललाई ३० लाख, रामेछाप अस्पताललाई ९५ लाख रुपैयाँ उपलब्ध गराइने मन्त्री ढुंगेलले बताए। प्रदेशका अस्पतालहरुका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई सात करोड ६५ लाख, ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख, मकवानपुर र काठमाडौंका अञ्चल आयुर्वेद अस्पताललाई ५÷५ लाख, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्बवद अस्पताललाई ५÷५ लाख, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई ३÷३ लाख, रसुवाको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र १ लाख र स्वास्थ्य कार्यालय काठमाण्डौ ५० लाख दिने निर्णय भएको छ।

मन्त्रालयको अनुगमनपछि रकम

सम्बन्धित संस्थाहरुबाट माग भएपछि अनुगमन गरी रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए। सामाजिक विकास मन्त्रालयले अनुगमन गरी दिन सिफारिस गरेका स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई रकम उपलब्ध गराउन लागिएको उनले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु