शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछापले गर्यो आफ्ना कार्यसमिति सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण
रामेछाप बिशेष

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछापले गर्यो आफ्ना कार्यसमिति सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा रामेछाप

भदौ २१,

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार बिहान सदरमुकाम मन्थलीमा कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका उपाए आप्नाउदै भएको एक औपचारिक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

संघका जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा संघका सम्पूर्ण कार्यसमितिका सदस्यहरु, बागमती प्रदेश सदस्यसहित अन्य पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं-२ हिलेचौर, मजुवाका स्थानीय तथा समाजसेवी कल्याणरत्न कार्कीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरुसहित गैरदलित पत्रकारहरुलाई पनि संघले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उदेश्यको लागि प्रेस ज्याकेट् उपलब्ध गरिएको छ । त्यस्तै एन्नाईन्टिफाईब् मास्क, स्यानिटाइजर् र सर्जिकल मास्क पनि उपलब्ध गरिएको छ ।

संघमा आवद्ध १० जना र संघ बाहिरका जिल्लामा पत्रकारीता पेशामा आवद्ध पत्रकारहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

सोही कार्यक्रममा बोल्दै अध्यक्ष बिकले हालको परिस्थितिमा कोरोना भाइरस संक्रमणबाट जोगिनुनै पहिलो प्रथमिकता रहेको भन्दै आवश्यकलाई ध्यानमा राखि आफ्ना सदस्यहरुलाई पेशामा सहयोग पुगोस् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको बताए । वितरित सामाग्रीलाई सहिसदुपयोग गर्ने उनले सबैलाई आग्रह गरे । आगामी दिनमा राष्ट्रिय दलित पत्रकार संघले पत्रकारहरुको हक र अधिकारको लागि भूमिका खेल्न सबै सदस्यहरुको भूमिका महत्वपूर्ण हुनेको भनाई थियो ।

त्यस्तै बागमती प्रदेश सदस्य गम्भिर बिकले जिल्ला कार्यसमितिले यो महामारीको समयमा स्वास्थ्य सामाग्री वितरण गरेर सरणीय काम गरेको उल्लेख गरे । सुरक्षित भएर आफ्नो काममा लाग्न उनले समितिलाई आग्रह गरे ।

 

 

फेसबुक प्रतिक्रियाहरु