बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • १२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज
समाचार

१२२८ जनामा कोरोना संक्रमण पुष्टि, ९१७ जना डिस्चार्ज

कोरोना

भदौ १८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ ।

बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु