बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • Update: बाग्लुङमा बाढीको वितण्डा : ११ जनाको शव भेटियो, कम्तिमा २३ वटा घर बगे
समाचार

Update: बाग्लुङमा बाढीको वितण्डा : ११ जनाको शव भेटियो, कम्तिमा २३ वटा घर बगे

बाढी पहिरो

भदौ १८

बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ११ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार हालसम्म अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको छ । दुई महिलाको शव संगै रहेको गुल्मी जिल्लाको मुसीकोटमा भेटिएको हो ।

अझै धेरै जना बेपत्ता रहेको घटनास्थलबाट प्रहरी इन्सपेक्टर प्रकाशसिंह भण्डारीले हामीलाई जानकारी दिनुभयो । बाढीमा कम्तिमा २३ वटा घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । बाढीले क्षति गरेको क्षेत्र ठूलो भएकाले अझै जनधन र भौतिक क्षति भएको हुन सक्ने उहाँले बताउनुभयो ।

बाढीले एक स्वास्थ्य चौकी, एक विद्यालय, एउटा झोलुङ्गे पुल बगाएको छ । साथै बाढीले त्यहाँको सडक र दर्जनौ सवारी साधन पनि बगाएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।file photo

फेसबुक प्रतिक्रियाहरु