शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज बस्दै नेकपा सचिवालय बैठक, अर्थमन्त्री खतिवडाकाे निरन्तरताबारे टुङ्गो लगाउने
समाचार

आज बस्दै नेकपा सचिवालय बैठक, अर्थमन्त्री खतिवडाकाे निरन्तरताबारे टुङ्गो लगाउने

भदौ १८,
काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउनेछ । प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउने पक्षमा हुनुहुन्छ भने वामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा छन्।

खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उहाँको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नुपर्ने बाध्यता नेकपालाई रहेको छ । साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उनको सांसद पद सकिएको छ । तर सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानअनुसार उहाँ अहिलेसम्म मन्त्रीकै पदमा छन् ।

नेकपाको आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलले दिएको प्रतिवेदनको विषयमा पनि छलफल हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु