बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापको मन्थलीमा बौलाह कुकुरले टोक्दा ८ घाइते : चार जनालाई काठमाडौं पठाइयो
रामेछाप बिशेष

रामेछापको मन्थलीमा बौलाह कुकुरले टोक्दा ८ घाइते : चार जनालाई काठमाडौं पठाइयो

बौलाह कुकुरले टोक्दा ८ घाइते

भदौ १३,

रामेछाप  । रामेछापको मन्थलीमा आज बिहान बौलाह कुकुरले टोक्दा ८ जना घाइते भएका छन् । शनिबार बिहान जिल्ला प्रशासनको कार्यालयले दिएको समयमा पसलहरु खोलिएको बेलामा बजारमा आएका मानिसहरुलाई कुकुरले एक्कासी टोक्दा मानिसहरु घाइते भएका हुन् । घाइते चार जनालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ । भने चार जनाको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

केही दिन अघि पनि मन्थलीकै सडकमा हिड्ने भूस्या कुकुरले तीन चार जनालाई टोकेको थियो । कुकुरले टोक्दा मानिसहरु घाइते भएका थिए । सोही विषयलाई लिएर मन्थली नगरपालिकाले ध्यानकर्षण गरि आफ्नो घरमा पालेका सबै कुकुरलाई रेबिज बिरुद्धको खोप लगाउन आह्वन गरेको थियो । जिल्ला सदरमुकाम मन्थली स्थित बजारमा भूस्या कुकुरको संख्या ६/७ वटा रहेका छन् ।  पछिल्लो समय कुकुरहरु खान नपाएर विभिन्न जंगली जनावरको सम्पर्कमा गएका कारणले बौएको पाइएको छ ।

बौलहा कुकुरलाई व्यवस्थापन कसरी गर्ने भन्ने बारेका वडा र सम्बन्धित निकायले छलफल गरि रहेको वडा नं १ का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रियाहरु