शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो
समाचार

२४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

कोरोना

भदौ ०८

कामठाडौं। पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ।

यसरी मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला,रुपन्देहीकी ६७ वर्षीया महिला, रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय पुरुष छन् ।

यो सहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १५७ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु