बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विश्वभर डेढ कराेड बढी कोरोनामुक्त : ७लाख ९१ हजारको मृत्यु
समाचार

विश्वभर डेढ कराेड बढी कोरोनामुक्त : ७लाख ९१ हजारको मृत्यु

कोरोना

भदौ ४,
काठमाण्डाै । विश्वभर कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ । अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वर्ल्डाेमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये सात लाख ९१ हजारको भने ज्यान गएको छ ।

वर्ल्डाेमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात् साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा एक लाख ७६ हजारको ज्यान गएको छ । यस्तै साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा एक लाख ११ हजारको ज्यान गएको छ भने भारतमा २८ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा झण्डै ५४ हजारको ज्यान गइसकेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु