शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अछाममा बाढीले १७ जना बगायो : ६ जनाको शव भटियो
दुर्घटना/अपराध

अछाममा बाढीले १७ जना बगायो : ६ जनाको शव भटियो

भदौ ३,
अछाम । अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् । गएराति कैलाश खाेलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले जानकारी दिए । हराइरहेका अरुको पनि खोजी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु