बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरोनाले ज्यान गुमाउनेको संख्या ११३ पुग्यो : आज मात्रै ४ जनाको मृत्यु
समाचार

कोरोनाले ज्यान गुमाउनेको संख्या ११३ पुग्यो : आज मात्रै ४ जनाको मृत्यु

कोरोना

भदौ ०२

काठमाडौं । कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको हो । नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल भर्ना गरीएका उनको अवस्था गम्भिर भएपछि हिजो साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।  कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उहाँ साउन ३२ गते मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । हिजो दिउँसो उहाँको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

हिजो नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उता, काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

स्वासप्रश्वास र घाँटीमा सममस्या भएपछि उन्लाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो ।

यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सगै देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय १३ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु