शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकामा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द
समाचार

गोकर्णेश्वर नगरपालिकामा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

कोरोना

भदौ ०२,

जोरपार्टी । गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगरपालिकाको सबै सेवा बन्द गरेको जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै नगरले अर्को सूचना जारि नभएसम्माको लागि सो क्षेत्रमा खाध्यान्न र औषधी बाहेक सम्पूर्ण पसल-ब्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख सन्तोष चालिसेद्वारा जारी गरेको उक्त सूचनामा कोरोना भाइरसको महामारीलाइ मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको गत भदौ १ गते बसेको बैठकद्वारा अर्को सुचना प्रकाशित नभए सम्मको लागि नगरपालिका क्षेत्र भित्र खाद्यान्न तथा औषधिजन्य बाहेकका अन्य पसल तथा व्यवसायहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको हुँदा सोहि अनुसार गर्नु गराउन अनुरोध गरिएको छ सूचनामा उल्लेख छ ।

 

यीसेवाहरु बन्द हुने छन् ।

  1.  रेस्टुरेन्ट एण्ड वार,होटल खाजा घर, क्याफे चिया पसल, पार्टी प्यालेस मिष्ठान्न भण्डार,आदि
  2.  सैलुन, ब्युटी पार्लर, जिम हल,गेम पार्लर,आदि ।
  3. फेन्सी पसल, कपडा पसल, गार्मेन्टस, सपिंगमल डिपार्टमेन्ट स्टोर, आदि।
  4. इलेक्ट्रोनिक्स,इलेक्ट्रिकल, मेसेनरी पार्टपुर्जा पसल आदि।
  5. खाद्यान्न तथा औषधीजन्य बाहेकका अन्य ब्यापार तथा व्यवसायहरु

फेसबुक प्रतिक्रियाहरु