शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा कोरोना संक्रमितको कूल संख्या ५० पुग्यो : संक्रमितको नजिक भएकाहरु सबैको रिपोट् नेगेटिभ
रामेछाप बिशेष

रामेछापमा कोरोना संक्रमितको कूल संख्या ५० पुग्यो : संक्रमितको नजिक भएकाहरु सबैको रिपोट् नेगेटिभ

कोरोना

साउन ३२,

रामेछाप । रामेछापमा कोरोना संक्रमितको कूल संख्या ५० पुगेको छ।  हालसम्ममा जिल्लाबाट स्वाब संकलन गरेर परीक्षण गरेका ३३ जना र रामेछाप स्थायी घर भएकाहरुको देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

उनका अनुसार जिल्लामा कोराना पुष्टि हुने मध्ये २४ जना निको भएर घर फर्किएका छन भने ९ जनाको आइसोलेनमा उपचार भइरहेको छ । शनिबार १०२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै जिल्लामा ८ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आठ वटा स्थानीय तहमा गरेर हाल ५९ जना क्वारेन्टिनमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु